मुस्ताङ, मुक्तिनाथ — एक वर्षको आत्मीयता, यार्तुङ मेलाको रोमाञ्चक र मेरो 'Lo Mustang Himalayan Resort' को यात्रा
एक वर्षको आत्मीयता
जब जीवनको दौडबाट केही समय अलग भएर आत्मसाथ हुने ठाउँको खोजीमा थिएँ, त्यहीबेला मेरो पाइला पुग्यो मुस्ताङ, मुक्तिनाथ।
त्यहाँ बिताएको १ वर्ष मेरो जीवनको अविस्मरणीय अध्याय बन्यो - जहाँ थियो कठिन जीवनशैली, आत्मीयता, संस्कृति, र स्वाभिमान।
![]() |
In Culture Dress |
Lo Mustang Himalayan Resort :मेरो कर्मभूमि
मुस्ताङको समुन्द्र सतहदेखि माथि रहेको सुन्दर गाउँमा रहेको Lo Mustang Himalayan Resort मा मैले काम गर्ने अवसर पाएको थिएँ।
त्यहाँका पाहुनाहरूलाई स्वागत गर्नु, सेवा व्यवस्थापन, स्थानीय संस्कृतिको परिचय गराउनु, अनि प्राकृतिक सौन्दर्य देखाउनु मेरो दैनिकी बनिसकेको थियो।
![]() |
Photo: Alish Shrestha (Dolpo Traditional Dance) |
रिसोर्टमा काम गर्दा मैले नेपाली संस्कार र अन्तर्राष्ट्रिय सत्कारको मेल देखेँ।
पाहुनाहरूसँग कुराकानी गर्दा मुस्टाङको सौन्दर्य झन् बढ्थ्यो। मलाई गर्व लाग्थ्यो , म यो पवित्र भूमिको प्रतिनिधि जस्तो महसुस गर्थें।
![]() |
Photo: Alish Shrestha (Lo Mustang Himalayan Resort) |
यार्तुङ मेला--परम्पराको जगेर्ना र रोमाञ्चको शिखर
यार्तुङ मेला मेरो मुस्ताङ बसाइँको सबैभन्दा रोमाञ्चक र सांस्कृतिक चुली थियो।
हरेक वर्ष साउने पूर्णिमामा आयोजना हुने यो मेला बौद्ध धर्म, स्थानीय संस्कृति, र साहसिक प्रदर्शनको संगम हो।
![]() |
Photo: Alish Shrestha (Yartung Festival) |
बिहान पूजापाठ र रंगीचंगी पोशाकमा सजिएका स्थानीय युवायुवती, अनि
दिउँसोको घोडा दौड (Horse Race) जुन साँच्चिकै सास रोकिने अनुभव थियो।
घोडामा चढेर उफ्रिँदै, माटो उडाउँदै दौडिने ती युवा उनीहरूको साहस, गर्व, अनि संस्कृति प्रति समर्पण देख्दा रौंतै उठ्थ्यो।
म पनि दर्शकको भीडमा रमाउँदै, ताली बजाउँदै, फोटो खिच्दै, त्यही उत्सवमा लीन थिएँ।
![]() |
Photo: Alish Shrestha (Yartung Festival) |
गाउँघर, मान्छे र जीवनशैली
मुस्ताङको जीवन सजिलो थिएन।
तर त्यो कठोरतामा लुकेको सादगी, सामूहिकता, अनि मायालु व्यवहारले मन पग्लिन्थ्यो।
घरहरू ढुंगाका, तर हृदयहरू सुनका।
![]() |
Photo: Alish Shrestha (Jharkot Village) |
बिहानको तातो नमस्ते, साझँको दाउराको तापमा गफ हरेक क्षण घरझैँ लाग्ने।
त्यहाँ घर परिवार बिना पनि परिवारको अनुभूति पाइन्थ्यो।
पाहुनाले केवल चिया मात्र पाउँदैन, उनीहरूलाई हृदयले स्वागत गरिन्छ यही आत्मीयता हो मुस्ताङको ।
![]() |
Photo: Alish Shrestha (Putak Village) |
अनुभूति र बिदाइ
Resort मा काम गर्ने क्रममा मैले धेरै कुरा सिकेँ
पारंपरिक र आधुनिक व्यवस्थापन, भाषिक अन्तरक्रिया, अनि गर्वका साथ आफ्नो पहिचान बोकेर बाँच्न सक्ने कला।
१ वर्षपछि जब म फर्किने तयारी गर्दै थिएँ, तब गाउँलेहरूले भने,
"तिमी त हाम्रो गाउँको मान्छे भइसक्यौ, फर्किन मन छैन तिमीलाई नि?"
त्यो वाक्य आज पनि सम्झिन्छु, अनि मन अझै मुस्ताङमा अड्किएको महसुस हुन्छ।
![]() |
Photo: Alish Shrestha (Kagbeni) |
अन्त्यमा...
मुस्ताङ मेरो लागि एउटा ठाउँ मात्र होइन, त्यो त मनको एउटा टुक्रा बनिसकेको छ।
यार्तुङ मेलाको घोडा दौडको गुँगुनाहट, रिसोर्टको पाहुनासँग बिताएका क्षण, अनि गाउँलेहरूको माया यी सबैले मलाई जीवनभरका लागि धनी बनाएका छन्।
![]() |
Photo: Alish Shrestha ( Ranipauwa) |
यदि तपाईं कहिल्यै मुस्ताङ जानुहुन्छ भने, केवल हेर्न नजानुहोस् -
त्यो ठाउँलाई बाँच्नुस्, त्यसको साँस्कृतिक स्पन्दनमा लीन हुनुहोस्।
Comments
Post a Comment