"कालापथर: जहाँ हावा बोल्छ, र सूर्यास्त सुन्छ"
"शून्यतासँगको भेट — नाम्चेबाट कालापथरसम्मको यात्रा" कहिलेकाहीँ यात्रा गन्तव्य होइन, आत्मासँगको चुपचाप संवाद बन्छ। नाम्चे बजार — सपनाको थालनी नाम्चे बजारमा हिउँको चिसो हावाले मेरो मुटुको ढुकढुकीसँग समवाय खेलिरहेको थियो। अगाडि हिमाल थियो, पछाडि सहरको आवाज। तर म एकपल्ट फेरि आफैँसँग भेट्न हिँडेको थिएँ। रातभर बत्तीहरूले झिलिमिली भएको नाम्चे, बिहान बिहान घामको पहिलो किरणमा सुनौलो बन्ने। यति उचाइमा पनि मानिसहरूको मुस्कान तातो थियो, याकको घण्टीमा लय, अनि हरेक पाइला साहस। टेङबोचे — मौनता र मन्त्र अर्को बास टेङबोचेमै। विहान बिहान गुम्बाबाट आउने मन्त्रहरूको धुनले आत्मालाई स्पर्श गर्यो। मन्दिरको छेउबाट अमादब्लम झुल्किँदै गर्दा यस्तो लाग्थ्यो — स्वर्गले मुस्कान दिइरहेको छ। हिमाल नजिकिँदै गए तापनि डर कम र शान्ति बढी भइरहेथ्यो। यो यात्रा अब म बाटोमा थिएँ भने होइन — बाटो नै मभित्रको खोजमा थियो। डिङबोचेदेखि लोबुचे, अनि गोराशेप डिङबोचेको उचाइले श्वास अलि गाह्रो बनायो, तर दृढ निश्चयले पाइला अघि बढिरह्यो। ल्यान्डस्केप बिस्तारै कठोर हुँदै गयो — हरियाली हरायो, तर भावना अझ गहिरिए। लोबुचेपछिको बा...